Rule 59
सरूवा सम्झौता गर्नु पर्ने
(१) ऐनको दफा १०९ को उपदफा (२) बमोजिम कुनै श्रमिक एक प्रतिष्ठानबाट अर्को प्रतिष्ठानमा सरुवा हुन चाहेमा र सरुवा भई जान चाहेको प्रतिष्ठानले त्यस्तो श्रमिकलार्इ आफ्नो प्रतिष्ठानमा राख्न चाहेमा सरूवा गर्ने र सरूवा हुने प्रतिष्ठानबीच आपसी सम्झौता गरी श्रमिकको सरूवा गर्न, गराउन सकिनेछ।
(२) उपनियम (१) बमोजिम गरिने सम्झौतामा देहायका कुराहरू उल्लेख गर्नु पर्नेछः-
(क) सरुवा गर्ने प्रतिष्ठान र सरुवा भई जाने प्रतिष्ठानको नाम, ठेगाना,
(ख) प्रतिष्ठानको तर्फबाट सम्झौता गर्ने व्यक्तिको पद, नाम,
(ग) सरुवा भई जाने श्रमिकको पद, नाम, थर, ठेगाना र कार्यरत प्रतिष्ठानमा नियुक्त भएको मिति,
(घ) श्रमिकले खाइपाइ आएको पारिश्रमिक र सुविधा,
(ङ) सरुवा भई जाने श्रमिकको नाममा संचयकोष र सामाजिक सुरक्षा कोषमा जम्मा हुने योगदान रकम र त्यस्तो रकम जम्मा गर्ने मिति,
(च) श्रमिकको सेवा अवधि सरुवा भई जाने प्रतिष्ठानमा गर्ने सेवा अवधिमा जोडिने वा नजोडिने कुरा र सेवा अवधि नजोडिने भए सो कुरामा श्रमिकको मञ्जुरी भएको कुरा,
(छ) श्रमिकले हाल खाइपाइ आएको सेवा सुविधा सरूवा भर्इ जाने प्रतिष्ठानले दिने सेवा सुविधा भन्दा कमी हुने भएमा त्यस्तो सेवा सुविधामा श्रमिकको मन्जुरी भएको कुरा,
(ज) सम्झौताका पक्षहरुले आवश्यक ठानेको अन्य कुराहरु।
(३) उपनियम (१) बमोजिम गरिएको सम्झौताको प्रतिलिपि प्रतिष्ठानले सम्बन्धित श्रमिकलाई उपलव्ध गराउनु पर्नेछ।
(४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित श्रमिकको मन्जुरी बिना कुनै श्रमिकलार्इ एक प्रतिष्ठानबाट अर्को प्रतिष्ठानमा सरूवा गर्न पाइने छैन।
तर श्रमिकको पारिश्रमिक, सेवा, सुविधा सम्बन्धी प्रतिष्ठानको विनियमावली बमोजिम रोजगारदाताले आफ्नो एक कार्यस्थलमा कार्यरत श्रमिकलार्इ अर्को कार्यस्थलमा सरूवा गर्न बाधा पुग्ने छैन।